दैलेख, साउन ३१ – दैलेखमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको ज्यान गएको छ । दैलेख बजार नजिकको नमुना बस्तीमा आइतबार पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

घरमाथिको ढिस्को खसेर गएको पहिलोमा पुरिएर १९ वर्षकी रुपा वादी र उनका दुई वर्षकी छोरी सपना वादी तथा डेढ महिनाका छोरा जीतबहादुरको ज्यानग गएको हो । रुपाका श्रीमान टेकबहादुर घाइते भएका छन् । पहिरोका कारण त्यहाँका ६५ घरपरिवार जोखिममा छन् ।

Post a Comment

 
Top