सुर्खेत, ३२ साउन -  अखण्ड मध्यपश्चिमको माग गर्दै विरोध प्रदर्शनको क्रममा ज्यान गुमाएका तीनैजनाको आज दाहसंस्कार हुने भएको छ । दल र आफन्तवीच क्षेत्रीय उद्योग बाणिज्य संघको नेतृत्वमा गठन भएको नागरिक संर्घष समितिमा मृतकका आफन्तलाई सहभागी गराउने, मृतकलाई सहिद घोषणा गर्ने, घटनाको निश्पक्ष छानविनको लागि पहल गर्ने लगायतका सहमतिपछि आफुहरु शव बुझ्न र दाहसंस्कार गर्न सहमत भएको मृतक टीकाराम गौतमका भाइ कृष्णले बताउनुभभयो । 
अखण्ड मध्यपश्चिम र त्यसको राजधानी सुर्खेत हुनुपर्ने माग गदै विरोध प्रदर्शनमा उतिएको वेलासाउन २५ गते प्रहरीको गोली प्रहारबाट  वीरेन्द्रनगर ३ का टीकाराम गौतम र वीरेन्द्रनगर ८ का यामवहादुर विसीको ज्यान गएको थियो । वीरेन्द्रनगर ४ का गोपालसिंह राजवारको भागदौडको बेला ज्यान गएको हो । 

Post a Comment

 
Top