कास्की, साउन ३२ -  कास्कीको लेखनाथ १ का कांग्रेस कार्यकर्ता रामजी पौडेल ‘वादल’ हत्या आरोपमा पक्राउ परेका नगर समिति सभापति राजेन्द्रमणी लामिछाने प्रहरी हिरासतमै अनसन बस्नुभएको छ । पार्टी कार्यकर्ताबाटै हत्यामा संलग्नताको आरोप लागेपछि प्रहरीले अस्ति शनिवार लामिछानेलाई पोखराबाट पक्राउ गरेको थियो । लामिछाने शनिवार बेलुकादेखि पानी मात्रै खाएर अनसन बस्नुभएको हो ।
जिल्ला प्रहरी हिरासतमा भेट्न गएका कांग्रेस नेता तथा कार्यकर्ताहरु माझ लामिछानेले अनुसन्धानको क्रममा आफ्नो संलग्नता पुष्टी भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनुभयो । घटनाको निश्पक्ष छानविन, हत्यारालाई छिटो पत्ता लगाई कारबाही र बास्तविक हत्यारा नछुटोस् भन्ने माग सहित हिरासतमै अनसन बसेको भेटमा सहभागि काँग्रेस नेताले बताएका छन् । 
हत्यामा संलग्न राजु रानाभाट शुक्रवारनै पक्राउ परेका छन् भने फरार रविन केसी, प्रकाश गुरुङ र विश्वास गौतमको खोजी भैरहेको कास्कीका प्रहरी उपरिक्षक हरि बहादुर पालले बताउनुभयो ।
लेखनाथ १ बरालथरका पौडेलको शुक्रवार विहान घर नजिकै शब भेटिएको थियो । लेखनाथ नगर समितिको सभापतिको लागि कार्यकाल दोहोर्रयाउने सोचमा रहेका लामिछाने र अर्का दावेदार नारायण तिवारी बीचको मनमुटाबले घटना भएको पार्टी कार्यकर्ताहरुले नै आरोप लगाएका छन् ।

Post a Comment

 
Top