मंगलबार, भाद्र १ दर्जनौं उद्योगहरु रहेको बाँकेको नेपालगन्ज—कोहलपुर सडकखण्डको पार्वतीपुर आसपासको क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले औद्यागिक फिडर स्थापनाको तयारी गरेको छ । सो क्षेत्रमा दर्जनौंको सङ्ख्यामा ठुला उद्योगहरु सञ्चालनमा रहे पनि विद्युतको समस्या भएको भन्दै उद्योगी व्यवसायीले लामो समयदेखि छुट्टै औद्योगिक फिडरको माग गर्दै आएका छन् । उद्योगी व्यवसायीको मागको आधारमा औद्योगिक फिडर स्थापनाको लागि तयारी सुरु भएको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिए । केएल दुगड ग्रुपका क्षेत्रीय प्रबन्धक प्रदीप छाछेडले औद्योगिक फिडर बनेपछि विद्युत समस्याका कारण फस्टाउन नसकेका उद्योगधन्दा राम्ररी फष्टाउने विश्वास व्यक्त गरे ।
- See more at: http://nepalpati.com

Post a Comment

 
Top