मंगलबार, भाद्र १, रुकुममा पहिरोले घर बगाँउदा एकै घरका २ को मृत्यु भएको छ । रूकुमको घेत्मा गाविस वडा नं १ मा एक घर पहिरोले बगाउँदा घरमुली ४२ बर्षिया मोती पुन र उनकी भाई बुहारी ४० बर्षकी रीता पुनको मृत्यु भएको हो । सो घर पहिरोको जोखिममा रहेकोले उनीहरु आफन्तको घरमा बस्दै आएका थिए । तर मृतकद्वय सो घर भएको नजिकै घाँस काट्न गएको बेला अत्यधिक पानी परेकोले घरमा ओत लागेको बेला पहिरोले घर बगाएको स्थानियले बताएका छन् । घटना स्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । घटनास्थल सदरमुकामदेखी पश्चिममा २ दिनको पैदल दुरीमा पर्दछ ।
- See more at: http://nepalpati.com

Post a Comment

 
Top