सम्झौतापछि बोल्दै रामोसले आफ्नो मुटु
रियल मड्रिडमा रहेकाले कहिल्यै पनि क्लब छोड्न नचाहेको बताए । स्पेनका
डिफेन्डर रियल मड्रिडमा खुशी नरहेको खबर आइरहेका थिए । यहीबीचमा गएको जुनमा
म्यानचेस्टर युनाइटेडले रामोसलाई भित्र्याउन २८ दशमलव ६ मिलियन पाउण्ड
स्टर्लिङको प्रस्ताव गरेको थियो । तर त्यो प्रस्ताव रामोसले अस्विकार गरेका
थिए ।
नयाँ सम्झौता गरेसँगै २९ वर्षका रामोस अब
सन् २०२० सम्म रियलमा नै बस्ने छन् । रामोस सन् २००५ मा सेभिल्लाबाट रियल
मड्रिड आएका थिए । रामोसले अहिलेसम्मको रियल बसाइमा तीन पटक ला लिगा, दुई
पटक कोपा डेल रे तथा एक पटक च्याम्पियन्स लिगको उपाधि क्लबलाई जिताउनमा
योगदान दिएका छन् ।
रियलबाट
उनले अहिलेसम्म ३ सय ४५ खेलमा ५५ गोल गरेका छन् । स्पेनको राष्ट्रिय
टिमबाट खेल्ने रामोसले स्पेनलाई सन् २०१० को विश्वकपको उपाधि दिलाउन पनि
महत्वपूर्ण भूमिका खेलेका थिए । उनले स्पेनको राष्ट्रिय टिमका लागि १ सय २८
खेलमा १० गोल गरेका छन् ।

Post a Comment