हरिप्रसाद नेपाली / भदौ १, अर्घाखाँची
गएराती अर्घाखाँची जिल्लाको धारापानीमा जिप दुर्घटना भएको छ । धारापानी गा.वि.स. वडा नंं ७ गैरामा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । धारापानी ७ ठूलाखर्कबाट उपल्लापोखरा तर्फ आउदै गरेको लु १ ज १७४७ नं को सवारी जिप दुर्घटना हुदा धारापनी गा.वि.स.वार्ड नं. ७ निवासी वर्ष २६ का नारायण केसीको मृत्यू भएको हो ।
दुर्घटनामा गम्भिर घाईते के।सी लाई उपचारको लागि सन्धिखर्क ल्याउदै गर्दा वाटोमै मृत्यू भएको जनाईएको छ । राती अन्दाजी १०ः३० वजेको समयमा गाडी सडकवाट अन्दाजी ५० मिटर तल झरेको प्रहरी चौकी धारापानीका प्रमुख शेर बहादुर खत्रीले जानकारी दिएका छन् ।
ठूलाखर्कबाट आउदै गरेको भएपनि गाडी कहाँ जाँदै थियो भन्ने खुल्न नसकेको खत्रीले बताएका छन् । दुर्घटना पश्चात अर्घाखाँची जिल्ला किमडाँडा स्थायी ठेगाना भएका चालक माधब मुखिया फरार रहेको प्रहरीले जानकारी दिएको छ । गाडीमा सवार एकजनाको ज्यान गइसकेको र एकजना फरार रहेका कारण घटनाको विषयमा विस्तृत जानकारी प्राप्त गर्न कठिन भएको प्रहरीले जानकारी दिएको छ ।

Post a Comment

 
Top