सुर्खेत, भदौ १ – अखण्डमध्यपश्चिम र सुर्खेतमा प्रादेश राजधानी हुनुपर्ने माग गर्दै सरकारी कर्मचारी कार्यालय बन्द गरेर विरोध प्रर्दशनमा संलग्न भएका छन् । आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सरकारी कार्यालय बन्द गरेर कर्मचारी विरोध प्रर्दशनमा उत्रिएका हुन् ।
सरकारी कर्मचारीले मंगलबार सुर्खेतका सबै सरकारी कार्यालय बन्द गरेका छन् । विभिन्न पेशागत संघ संगठनको अगुवाइमा सरकारी कर्मचारी कामकाज बन्द गरेर विरोध प्रर्दशनमा जुटेका हुन् ।  सरकारी कार्यालय बन्दको पहिलो दिन मंगलबार कार्यालयमा हाजिर गरेपनि काम भने नगर्ने कर्मचारीहरुले जनाएका छन् । आन्दोलनलाई थप बल पुर्‍याउने उदेश्यले सबै टे«ड युनियनले सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको बताएका छन् ।
आन्दोलनलाई प्रभावकारी बनाउनको लागि नेपाल निजामति कर्मचारी संगठन सुर्खेतका अध्यक्ष अमृता रावतको संयोजकत्वमा १२ सदस्सिय संयुक्त कर्मचारी टे«ड युनियन आन्दोलन परिचालन समन्वय समिति पनि गठन गरिएको छ ।
नेपाल निजामित कर्मचारी संगठन, निजामति कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी मिलन केन्द्र, राष्ट्र सेवक कर्मचारी संगठन र स्थानीय निकाय कर्मचारी संघले संयुक्त रुपमा सरकारी कार्यालय वन्द गरी आन्दोलनमा जुट्न कर्मचारीलाई आग्रह गरेका थिए ।

Post a Comment

 
Top