काठमाडाैं, साउन ३२- विभिन्न दलले आज पनि बन्द आह्वान गरेका कारण देशभरको जनजीवन कष्टकर बनेको छ । काठमाडाैं उपत्यकामा हिजोको तुलनामा आज सार्वजनिक गाडी केही बढी चलेका ट्राफिक प्रहरीले जनाएको छ । चक्रपथ र भित्री सडकमा फाट्टफुट्ट रुपमा माइक्रोबस र ट्याम्पो चलेका छन् ।
तर पर्याप्त गाडी नचल्दा यात्रुले सास्ती भोग्नुपरेको छ । खासगरी आज साउनको अन्तिम सोमबार शिव मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीलाई बढी समस्या भएको छ । काठमाडौं भित्रिने रात्रीबस बिहानसम्म चलेपनि अहिले भने लामो दूरीका गाडी नचलेको ट्राफिक प्रहरीले जनाएको छ । बिहान पढाई हुने स्कुल–क्याम्पस आज पनि खुलेका छैनन् ।
नेकपा–माओवादी, र मधेस केन्द्रित दल जनजाति लगायतले संविधानको मस्यौदा खारेजीको माग गर्दै हिजो र आज बन्द आह्वान गरेका छन् । 
मध्यपश्चिम, सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लामा दोहोरो बन्दले जनजीवन झनै कष्टकर बन्दै गएको छ । 

Post a Comment

 
Top