चितवन, साउन ३१ – राजनीतिक दलका नाराले भरिने चितवनका पर्खालहरु अव सृजनात्मक कलाले भरिन थालेका छन् । आम सारोकारका विषयमा चित्र मार्फत सन्देश दिन अक्षर समूह चितवनको अगुवाईमा भित्तामा कला नाम दिएर चित्रकला बनाउन सुरु गरिएको छ ।
शहरका पर्खालहरुमा कलात्मक चित्रहरु बनाएर समाजलाई जनचेतना दिने उद्देश्यले यस्तो अभियान सुरु गरिएको समूहले जनाएएको छ । चितवनका पर्खालमा कला भर्नका लागि राष्ट्रिय रस्थानीय कलाकारहरुको सहभागिता छ । जिल्ला विकास समिति चितवन सेरोफेरोमा रहेको पर्खालबाट तस्विर बनाउने अभियान सुरु गरिएको हो । अभियान अन्र्तगत बाल अधिकार, महिला हिंसा, मानव अधिकार तथा पर्यावरण वातावरण संरक्षण लगायतका मुद्दालाई गम्भीरताका साथ उठाइएको छ । पर्खालहरु रंगीन थालेपछि सर्वसाधरणका लागि निकै चासोको विषय समेत बनेको छ ।
चितवनबाट सुरु भएको यो अभियान देशभरका शहरका पर्खालहरु सम्म पुग्ने अक्षर समूह चितवनका अध्यक्ष कवि भूपिनले बताउनुभयो । फोहोरमय बनेका भित्ताहरु कलात्मक तरिकाले सजिसजाउन बनाउन सुरु भएको अभियानको चितवनमा एकजना रिक्साचालकले उद्घाटन गरेका थिए । अग्रेजी साहित्यकारहरुका संस्था भ्यु चितवन र अग्रगामी समाज चितवनले यस अभियानमा अक्षर समूह चितवनलाई साथ दिएका छन् । 
चितवनका कलाकार प्रकाश थापा, काठमाडौंका मनिस हरिजन, लालकाजी लामा लगायतका कलाकारहरुले जिल्ला विकास समिति चितवनको भित्तामा चेतना मूलक सामग्री तयार पारेका हुन् । चित्रकार मनिस हरिजनले नेपालमा यस्तो खालको सम्भावना राम्रो भएकोले पनि यस्तोखालको कलामत्मक कामले सधै हौसला दिने बताउनुभयो ।  लक्ष्मण श्रेष्ठ, रामबहादुर थापा, भीम सुवेदी, गोविन्दराज विनोदीलगायतका कलाकारले जिल्ला विकास समिति चितवनको पर्खालमा आफ्नो कला प्रस्तुत गर्नुभएको थियो । 
सार्वजनिक पर्खालहरुमा कलात्मक चित्र, सन्देश एवम् समसामयिक विषय उतार्न सके समाजमा सकरात्मक बिचार प्रवाह हुने भएकाले पर्खालमा कला अभियान सुरु गरिएको अध्यक्ष भूपिनको तर्क छ । चितवनमा कला सम्पन्न गरेपछि पोखरा, झापा र देशका अन्य क्षेत्रमा समेत पर्खालमा चेतनामूलक चित्र कोरिने छ । अभियानलाई दुई वर्षभित्रमा नेपालभरी सञ्चालन गर्ने अक्षर समूह चितवनले जनाएको छ ।

Post a Comment

 
Top