रुपन्देही, भदौ २ –  रुपन्देहीमा
 एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय लुम्विनीका अनुसार 
आमा गाउँ विकास समिति वडा नं ५ मा २८ बर्षिय निर्मला लोधको शव हातखुट्टा 
बाँधेर गाडिएको अबस्थामा फेला परेको हो ।
शनिबारदेखि बेपत्ता निर्मलाको शव खेतको 
आलीमा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले 
हत्याको आशंकामा अनुसन्धानका लागि निर्मलाका देबरहरु अशोक लोध र प्रदिप 
लोधलाई पक्राउ गरेको छ ।
निर्मलाका श्रीमान ठाकुरको यसअघि नै निधन भएको छ । 

 
Post a Comment