काठमाडौं, भदौ २ - बन्दका
 कारण आज पनि सुदूरपश्चिम, मध्यपश्चिम, कर्णाली र तराईका अरु जिल्लाको 
जनजीवन कष्टकर बनेको छ । जुम्लामा तीन दिनदेखि लागेको कर्फ्यू हटेको छ । 
यस्तै सप्तरीमा अहिले कर्फ्यू हटाइएपनि गाडी चलेका छैनन् । 
हिजो 
भारदहमा एक जना प्रदर्शनकारीको ज्यान गएपछि सदरमुकाम राजविराज लगायतका 
ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जाजरकोटमा पनि प्रदर्शन कायमै छ 
। 
यसैबीच लगातारको बन्दले धेरै घाटा भएको 
भन्दै पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति भएमा देशभर गाडी चलाउन आफुहरु 
तयार रहेको यातायात व्यवसायीले बताएका छन् । लगातारको बन्दले अर्बौंको घाटा
 भैरहेको र बैंकले ऋण मिनाहा नगरिदिने भएकाले पूर्ण रुपमा सुरक्षाको 
प्रत्याभूति भए देशचर गाडी चलाउन आफुहरु तयार रहेको उनीहरुले बताएका हुन् ।
 देशभर बन्द हुँदा दैनिक ६०/७० करोड रुपैंयाको हाराहारीमा घाटा लाग्ने 
गरेको व्यवसायीले बताएका छन् । 
विभिन्न माग राखेर भैरहेको बन्दबाट 
यात्रुलाई सास्ती भएको र आफुहरु पनि घाटामा गएको भन्दै त्यसको निकास तत्काल
 खोज्न महासचिव सिटौलाले सरकारसँग आग्रह गर्नुभयो । गाडी कम चल्दा र चलेका 
गाडी पनि गन्तव्यमा पुग्न नसक्दा यात्रुले सास्ती खेप्दै आएका छन् । 

 
Post a Comment