पर्वत, साउन २९ - पर्वतमा पछिल्लो समयमा सम्बन्ध बिच्छेदका मुद्दा बढेका छन । श्रीमान र श्रीमतीबिचमा असमझदारी बढेपछि पर्वत जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दा बढेका हुन ।
पर्वत जिल्ला अदालतले दिएको जानकारी अनुसार गत आर्थिक बर्ष ०७१/०७२ मा ४८ वटा सम्बन्ध बिच्छेदका मुद्दा परेका छन । अदालतमा गत बर्ष दर्ता भएका ४८ वटा सम्बन्ध बिच्छेदका मुद्दा मध्ये ४३ मुद्दा किनारा लगाइएको छ भने ५ वटा मुद्दा छिनोफानो हुन बाँँकी छन ।
‘अघिल्ला बर्षहरुमा भन्दा सम्बन्ध बिच्छेदका मुद्दा बढेका छन ।’ अदालतका श्रेष्तेदार शर्मा ख्यामनारायण लामिछानेले भन्नुभयो ‘समाजमा चेतना जति बढ्दै गइरहेको छ, त्यत्तिकै मात्रामा सम्बन्ध विच्छेदका घटना पनि बढ्दै गएको पाइएको छ ।’
सम्बन्ध विच्छेदका लागि निबेदन दिनेमा महिला नै बढी रहेका छन् । सम्बन्धबिच्छेदको चाहना भएपनि पुरुषलाई सहज छैन तर महिलालाई कानुनमा सहज भएका कारण महिलाहरु नै सम्बन्ध विच्छेदका लागि बढी आउने गरेको पाइएको छ ।
पर्वत जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका मुद्दा बाहेक पारिवारिक मुद्दाहरुको संख्या पनि बढी छ । अंश, जारी, नाताकायम, बहुबिबाह, मानाचामल जस्ता सम्बन्ध बिच्छेदका मुद्दा समेत बढी छन । गत आर्थिक बर्षमा १ सय १५ रहेकोमा ९६ पारिवारिक प्रकृतिका मुद्दा छिनोफानो भएका छन । ९ वटा पारिवारिक मुद्दा छिनोफानो हुन बाँकी छ ।
Post a Comment