काठमाडौं, साउन ३० - स्पेनिस सुपर कपको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । शनिबार बिहान भएको खेलमा बार्सिलोना बिलबाओसँग ४–० को फराकिलो अन्तरले पराजित भएको हो । लुईस इनरिकको प्रशिक्षणमा बार्सिलोनाको यो अहिलेसम्मकै लज्जास्पद हार हो । 
बिलबाओलाई जिताउन अर्टिज अडुरिजले ह्याट्रिक गरेका थिए । उनले तीन वटै गोल दोश्रो हाफमा गरे । उनी पछिल्ला ३ सिजनमा बिलबाओका शीर्ष गोलकर्ता हुन् । खेलमा मिकेल सान जोसेले खेलको १३ औं मिनेटमा नै बिलबाओलाई अग्रता दिलाएका थिए । बार्सिलोनाका प्रशिक्षक लुइस इन्रिकले हारको जिम्मेवारी लिँदै टिममा रोटेशन बनाएको र त्यसैका कारण हार्नु परेको बताए ।

Post a Comment

 
Top