भदौ १ – यदी तपाई लामखुट्टेको टोकाइबाट
हैरान हुनु भएको छ भने खुशीको खबर छ । अब लामखुट्टे भगाउन धुपा वा अरु कुनै
रासायनिक उत्पान प्रयोग गर्नु पर्ने छैन । स्मार्टफोनको सहायताले नै
लामखुट्टे भगाउन सकिने भएको छ । स्मार्टफोनमा लामखुट्टे भगाउन मिल्ने एप
आएको छ ।
हर्टजियर नाम गरेको एपले लामखुट्टे भगाउने
सहयोग गर्नेछ । यो एप मोबाइलमा डाउनलोड गरेपछि त्यसबाट निस्कने कडा खालको
आवाजले लामखुट्टे भगाउने छ । किनकी एपबाट निस्कने हाइ फ्रिक्वेन्सीको आवाज
लामखुट्टेलाई मन पर्दैन र आवाज सुनेपछि लामखुट्टे पर भाग्ने छ ।
लामखुट्टे भगाउन एप मार्फत बजाइने आवाज
भने मानिसले सुन्न सक्दैनन् । यसले गर्दा ध्वनी प्रदुषण पनि हुँदैन । आवाज
कतिको चर्को गराउने भनेर आफै एक स्लाइडरको सहायताले निर्धारण गर्न सकिन्छ ।
यो एपबाट कुकुर तथा बिरालोलाई भगाउन सक्ने आवाज पनि निकाल्न सकिन्छ ।

Post a Comment