काठमाडाैं, साउन ३२ - गएरातीको अविरल वर्षाका कारण काठमाण्डूको बागमती र धोवीखोलामा बाढी आएको छ । बाढीका कारण नदी आसपासका सुकुम्बासी वस्ती जोखिममा परेका छन् ।
वस्तीका बासिन्दा भने राति नै सुरक्षित ठाउँमा सरेका छन् ।  सुकुम्बासीका एकसय घर प्रभावित भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गएराति २ बजेदेखि नदीमा पानीको बहाव बढ्दा बाढी आएको हो । अहिले झरी पर्न रोकिएकाले पानीको सतह विस्तारै घट्न थालेको छ । बाढीले बागमती करिडोरमा बन्दै गरेका सडकमा पनि क्षति पुगेको छ । तर पीच गरेका सडकमा भने असर नपरेको प्रहरीले जनाएको छ ।  
नदीको आसपासमा बनाइएका डाईभर्सनका कारण पनि पानी राम्रोसँग बहन नपाएको स्थानियबासिन्दाको गुनासो छ ।
काठमाडौंको बागमती र धोवीखोलामा बाढी

Post a Comment

 
Top