जाजरकोट,  साउन  ३२ - अखण्ड मध्यपश्चिमको माग  गदै आन्दोलनमा उत्रिएका आन्दोलनकारीको बन्दका कारण एक हप्तादेखि बन्द जाजरकोटका शिक्षण संस्था आजदेखि खुल्दैछन् । लगातारको बन्दका कारण पठनपाठनमा बाधा पुगेको भन्दै अभिभावकले बन्द खुलाउन दलहरुसँग आग्रह गरेपछि विद्यालय  खोल्ने निर्णय भएको हो । बन्द भने ६ घण्टामा झारिएको छ ।
दिनभरको बन्दले जनजीवन कष्टकर भएको र दैनिक उपभोग्य बस्तुको अभाव भएको भन्दै ६ घण्टा मात्र बन्द गर्ने निर्णय गरिएको नेपाली काँग्रेसका बेदराज सिंहले जानकारी दिनुभयो ।

Post a Comment

 
Top