काठमाडौं, साउन ३१ – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर छ । शुक्रबार जस्तैसुन तोलामा ४९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । यो महिनाको पहिलो हप्तापछि भाउ घटेर तोलामा ४७ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ अहिले उकालो लागिरहेको छ ।

तर तोलामा ५० हजार भन्दा कम भएकाले माग भने दिनहुँ बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अहिले सुनको माग दिनहुँ ४० देखि ५० किलो छ । तर राष्ट्र बैंकले भने दिनको १५ किलो मात्रै बिक्री गर्ने गरेकाले अभाव देखिएको उहाँले बताउनुभयो ।
ग्राहकले सुनका गरगहना बनाउन अडर दिए पनि अभावका कारण पूर्ति गर्न नसकेको शाक्यले बताउनुभयो । यस्तै आइतबार चाँदी पनि शुक्रबारकै भाउमा कारोबार भैरहेको छ । तोलामा चाँदी ७ सय रुपैयाँ छ ।

Post a Comment

 
Top