महेन्द्रनगर, भदौ २ - बन्दका कारण कञ्चनपुरमा दैनिक ८ मेट्रिकटन तरकारी खेर गइरहेको छ । दुई हप्तादेखिको लगातारको बन्दले कञ्चनपुरमा दैनिक ८ मेट्रिकटन तरकारी खेर गइरहेको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ । 
बन्दका कारण कञ्चनपुरको दक्षिणी क्षेत्रमा उत्पादित तरकारी धनगढीको बजारमा बिक्री गर्न समस्या देखिएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वागबानी विकास अधिकृत चोपनारायण खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दका कारण उत्पादित तरकारी बजारसम्म पु¥याउन नसक्दा किसानले दैनिक १ लाख ६० हजार रुपैयाँ आम्दानी गुमाउनुपरेको परेको छ । 
उत्पादित तरकारी नजिकको बजार अत्तरिया र धनगढी पु¥याउन नसक्दा समस्या भइरहेको रैकवारविचवा गाविस वडा नम्बर–५ शान्तिपुरका हेमराज डगौराले बताउनुभयो । उहाँका अनुसार बन्दका कारण अत्तरिया र धनगढीका हाटबजार र सब्जीमण्डी बन्द भएकाले तरकारी बिक्रीवितरण प्रभावित भएको छ । २ हप्तासम्म लगातार बन्द हुँदा रैकवारविचवाका किसानको १० क्वीन्टल तरकारी खेर गएको डगौराले बताउनुभयो ।
कञ्चनपुर र कैलालीमा भइरहेको लगातारको बन्दका कारण किसानको उत्पादन बजारसम्म पु¥याउन समस्या भएको छ । कञ्चनपुरको रैकवारविचवा र कृष्णपुर गाविसमा उत्पादित तरकारी नजिकको बजारसम्म पुर्याउन समस्या भएको हो ।

Post a Comment

 
Top