काभ्रे, साउन  भूकम्पपछिको पुनर्निर्माणका लागि सरकार अझै प्राधिकरण गठन गर्न नसकिरहेको बेला एक कलाकार जोडीले भुकम्प पीडितका लागि घर बनाएर हस्तान्तरण गरेका छन् ।
वैशाख १२ गतेको भुकम्प र त्यसपछिका परकम्पले क्षतिग्रस्त काभ्रेको पाँचखल नगरपालिका १६ को पहरी गाउँमा चर्चित हास्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले नमुना बस्ती नै निर्माण गरेका हुन् ।
 २० घरको एउटा वस्ती नै बनाएर उनीहरुले शहरी विकास मन्त्री नारायण खड्काको हातबाट बुधबार भूकम्प पीडितलाई हस्तान्तरण गरेका हुन् । ७० दिनअघि उनीहरुले यहाँ घर निर्माण गर्न थालेदेखि नै हेर्न आउनेको घुईचो समेत लागेको थियो । सधैं हसाउने यी कलाकारहरुको अथक प्रयासले पहरी गाउ अहिले सवैको आकर्षणको केन्दविन्दु वनेको हो । 
धुर्मुस र सुन्तलीसँगै मेरी बास्सै युनिट, भद्रगोल युनिट र सगुन डटकमको सहयोगमा धुर्मुस सुन्तली एकिकृत वस्ती निर्माण सम्पन्न भएपछि २० घरका ६५ जनाले लाभ पाएका छन । ७० दिन लगाएर कुल ६७ लाख ३६ हजार ८ सय ३६ रुपैयाँ लगानी गरेर १६ रोपनी क्षेत्रफलमा तयार पारिएको यो वस्तीका प्रत्येक घरमा ३ वटा कोठा छन् । हरेक घरमा बाथरुम, धारा, डिस होम, वत्ती, फुलाबारी छ । साथै वस्तीका लाग  ५ वटा गोबर ग्याँस प्लान्ट राखिएको छ । 
यो गाउँमा आउँदा दिनमा पर्यटन तथा सुटिङ युनिटको पनि आँखा लाग्ने आशा छ हास्य कलाकार धुर्मुसलाई । यो नमुना वस्तीलाई व्यवस्थाप गर्दै नेपालका अन्य ठाउँमा पनि यस्ता बस्ति निर्माण गरेर भुकम्प प्रतिरोधात्मक सुरक्षित बसाईको आभाष गराउनु आफूहरुको जिम्मेवारी ठान्छिन् सुन्तली । काभ्रेको ऐतिहासिक मन्दिर पलाञ्चोक भगवतीमा फुलपाती चढाउन फूल उत्पादन गर्ने पहरी समुदायलाई यी घर हस्तान्तरण गर्ने समारोहमा बुधबार मन्त्रीसँगै नेपालका ख्याती प्राप्त कलाकारहरु पनि उपस्थित थिए ।

Post a Comment

 
Top