सप्तरी, भदौ १ – संयुक्त मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको क्रममा झडप हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार बिहान सप्तरीको भारदहमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा राजीव राउतको ज्यान गएको हो ।
झडपको क्रममा १२ जना भन्दा बढी घाइते भएका छन् । अहिले स्थिती तनावग्रस्त भएको प्रहरीले जनाएको छ । भारदहमा स्थित पूर्व–पश्चिम राजमार्ग अवरोध गरेर प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई हटाउन खोज्दा झडप भएको हो । झडपपछि प्रहरीले १ सय ५० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

Post a Comment

 
Top