नेपाली समाजको पछिल्लो सामाजिक–साँस्कृतिक
परिवर्तनलाई नजिकबाट हेरिरहेका देवकोटा जस्तै भेटघाटमा जम्मा भएका
अरुहरुले पनि त्यसमा सहमति जनाए । गोरखा जन्मथलो भै काठमाण्डौंमा बस्दै
आएका देवकोटाहरुले स्थापना गरेको देवकोटा गूठीका सदस्यहरुको त्यो भेलामा
मृत्यु संस्कार छोट्याउने कुरामा सबैजसो सहमत त भए, तर सुरुवात कसले कसरी
गर्ने ?
‘लामै छलफलपछि उहाँले फ्याट्ट भन्दिनुभयो,
तिमीहरुलाई बिरालोको घाँटीमा घण्टी कसले झुण्ड्याउने भन्ने समस्या परेको
भए मेरै पालोबाट सुरु गर्नु’ राजेश्वरका काकाको छोरा राजन देवकोटाले ३
वर्षअघिको कुरा बताउनुभयो । कुरा त्यतिमा मात्रै सकिएन, ३ वर्षयता
नातागोताका केही मान्छेको निधन भएमा देवकोटा बेलाबेला मृत्यु कर्म छोटो
बनाउने कुरा झिकिहाल्नुहुन्थ्यो ।
राजेश्वरको कामकिरियामा संलग्न पुरोहित
बासुदेव सापकोटा पनि यसमा सहमत भएपछि क्रियाकर्म सुरु भएको चौंथो दिनमै
नवौं दिनमा गर्नुपर्ने काम सकिएको छ । काठमाडौं वालुवाटारस्थित देवकोटा
निवासमा समवेदना ब्यक्त गर्न पुग्ने केहीले अनौठो मानेपनि धेरैजसोले भने
मृत्यु संस्कार छोटो बनाउने निर्णयको स्वागत गरेका छन् । लामो समयदेखि
अमेरिकामा बस्दै आएका देवकोटाका छोरा ईश्वरचन्द्रपनि यसमा खुशी रहेको
पारिवारका अन्य सदस्यले बताएका छन् ।
‘एउटा व्यक्ति वा परिवारले सुरु गरेर
मात्रै त्यसलाई निरन्तरता दिन सकिँदैन भनेर हामी सबैले अब ७ दिनमै
क्रियाकर्म सक्ने निर्णय गरेका छौं’ राजनले भन्नुभयो ‘त्यसका लागि देवकोटा
गूठीले ७ दिनको क्रियाविधि भनेर किताब छपाउने निर्णय भएको छ ।’
श्रद्धाञ्जली दिन वालुवाटार पुगेका नेपाल
प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले मृत्यु संस्कार छोटो
बनाउने निर्णयको स्वागत गर्दै प्रतिष्ठानले एउटा बृहत प्राज्ञिक भेला गरी
यसबारे छलफल चलाउने बताउनुभएको छ । ‘हिजो आज धेरैका छोराछोरी विदेशमा
बस्छन्, लामो समयको बिदा नमिल्न सक्छ, त्यसमाथि कोही त बिरामी पनि पर्न
सक्छन्’ उप्रेतीको भनाई उदृत गर्दै राजेश्वर देवकोटाका पारिवारिक सदस्य
राजनले भन्नुभयो ।

Post a Comment