काठमाडौँ, साउन २७ – संविधानसभाको आजको बैठकले संविधानको परिमार्जित विधेयक तयार गरी बढीमा पाँच दिनभित्र सभामा प्रस्तुत गर्न संवैधानिक मस्यौदा समितिलाई निर्देशन दिएको छ । त्यसअघि ‘संवैधानिक राजनीतिक संवाद तथा सहमति समितको संविधानको प्रतिवेदन आवश्यक परिमार्जन गर्ने प्रस्तावसहितको प्रतिवेदन, २०७२’ सभाको निर्देशनसहित संविधानको परिमार्जित विधेयक तयार गर्नको लागि संविधान मस्यौदा समितिमा पठाइयोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । संविधानसभाले संविधान मस्यौदा समितिलाई बढीमा पाँच दिनको समय संवाद समितिमा मस्यौदामा एकरुपता कायम गर्ने,समावेश गर्नुपर्ने अन्य आवश्यक विषय मिलाउन तथा थपघट एवम् परिमार्जनका सबै काम पूरा गर्न उक्त समितिलाई निर्देशन दिएको हो । सभाध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदा परिमार्जनको आधार तयार भएको तथा त्यस निम्ति संवैधानिक राजनीतिक संवाद तथा संवाद सहमति समितिले विशेष समिति गठन गरी संवाद र सहमतिको माध्यमबाट संविधान लेखनको प्रक्रियालाई पूर्णत प्रदान गर्ने प्रतिबद्धता जनाएको बताए । साथै उनले संवाद र सहमतिलाई केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिए ।
 - See more at: http://www.ratopati.com

Post a Comment

 
Top