पाँचथर, भदौ १ पाँचथरको सदरमुकाम फिदिममा एक युवकको शव फेला परेको छ। फिदिम–४ चारबारेका बुद्ध तामाङ मृत अवस्थामा फिदिम उच्च माविको खेलमैदानमा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। सड्तीस वर्षीय तामाङ बिहान ९ बजे खाना नखाई नुहाउन भन्दै घरदेखि निस्केको पारिवारिक स्रोतले जनाएको छ। जिल्ला अस्पताल पाँचथरमा तामाङको शव परीक्षण गरिएको प्रहरी निरीक्षक रविराज थपलियाले बताए।

Post a Comment

 
Top