दाङ, साउन ३२ – अखण्ड राप्ती सहित दाङलाई प्रादेशीक राजधानीको माग गर्दै घोराहीमा सोमबार ठेला रिक्सा सहितको र्‍याली निकालिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा ठेला रिक्सा सहितको र्‍याली निकालिएको हो ।

शान्ती पूर्ण प्रर्दशनका माध्यमबाट दाङलाई राजधानी बनाउन दबाब दिने भन्दै प्रर्दशनकारीले देशकै राजधानी बनाउन उपयुक्त ठाउँ भएको विज्ञले भनिरहेकाले प्रादेशीक राजधानी सुगमता, सक्षमता र पूर्वाधारका कारण दाङ नै उपयूक्त भएको बताएका छन् । सल्यान र रुकममा चलिरहेको ५ नम्बर प्रदेशमा रहनुपर्ने मागमा  ऐक्यबद्घता तथा दाङलाई प्रदेशको राजधानी बनाउनुपर्ने माग राख्दै दाङको घोराहीमा ठेला र्‍याली निकालिएको हो । ठेला व्यावसायी, अटो व्यावसायी तथा कृषि उपज व्यावसायी समेतले उद्योग बाणिज्य संघले थालेको दाङलाई राजधानी बनाउन माग गर्दै थालेको अभियानमा साथ दिएका हुन् ।

Post a Comment

 
Top