बुटवल, साउन २८ - रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार एकजनाको तिनाउमा डुबेर र अर्का एकजनाको धेरै रक्सी सेबन गरेर ज्यान गएको हो ।
तिलोत्तमा ४ डिङगरनगरका १४ बर्षिय आशिष थापाको तिनाउमा डुबेर ज्यान गएको छ । आशिष मणिमुकुन्द क्लवले आयोजना गरेको भलिवल प्रतियोगितामा शंकरनगर स्थित सिद्धार्थ बोडिङ्ग स्कुलको तर्फबाट भाग लिन गएको बेला तिनाउमा डुबेका हुन् । 
त्यस्तै भारत महाराजगञ्ज जिल्लाका ३० बर्षिय महेन्द्र राजभरको धेरै रक्सी पिएका कारण ज्यान गएको हो । राजभरले भैरहवा क्षेत्रमा बसेर कवाडी सामान बटुल्ने काम गर्थे ।

Post a Comment

 
Top