काठमाडौं, साउन २८ – ललितपुर बुंगमतीमा
नयाँ कुमारी प्रतिस्थापन गरिएको छ । बुंगमतीको नयाँ कुमारीको रुपमा ५
वर्षिया किन्जल बज्राचार्यलाई प्रतिस्थापन गरिएको हो । भूकम्प, पराकम्प,
रथको अवस्था लगायतका विभिन्न अवरोधका कारण रातो मच्छिन्द्रनाथको १२ वर्षे
रथजात्रा रोकिएको कारण बुंगमतीको कुमारी फेरिएको हो ।
पञ्चाग निर्णायक समितिका सदस्य दैवज्ञ
ज्योतिष कीर्तिमदन जोशीका अनुसार बुंगमती छयासीकोटको रथ राखेको समयमा
कुमारी कोप भएर भक्तजनलाई फूल, टीका नदिने लगायतका अस्वाभाविक व्यवहार
देखाउनु भएको थियो । यसरी कुमारी कोप भएमा कुमारी फेर्नुपर्ने परम्परा छ ।
यस भन्दा अघि ७ वर्षिया स्मृति बज्राचार्य बुंगमतीको कुमारी हुनुहुन्थ्यो ।
Post a Comment