काँग्रेस, एमाले र एकीकृत माओवादीले संयुक्त रुपमा र अन्य दलहरुले छुट्टाछुट्टै र्रयाली निकालेका हुन् । र्रयालीपछि
भएको सभामा दलका नेताहरुले मध्यपश्चिमलाई सातौं प्रदेश र त्यसको राजधानी
सुर्खेतलाई घोषणा नगर्दासम्म शान्तिपूर्ण आन्दोलन गर्ने उदघोष गरेका छन् ।
यसअघिका आन्दोलन हिंसात्मक भएको उल्लेख गर्दै दलहरुले अब पार्टीको
झण्डामुनी हुने आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ता लगायतलाई निर्देशन
दिएका छन् । पार्टीको कार्यक्रममा बाहेक अरु अन्दोलनमा सहभागी हुने
कार्यकर्ताको जिम्मा नलिने उनीहरुले चेतावनी दिएका छन् । दलहरुले आन्दोलनका
क्रममा ज्यान गुमाएका ३ जनालाई शहिद घोषणा गर्नुपर्ने, परिवारलाई १० लाख
रुपैंया राहत दिनुपर्ने, घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने र
घटनाको निस्पक्ष छानबीन गरी दोषीमाथि कारवाही गर्नुपर्ने माग पनि गरेका
छन् ।
सोमबारदेखि सुरु भएको प्रदर्शन कायमै रहँदा सुर्खेतको जनजीवन कष्टकर बन्दै आएको छ ।
Post a Comment