पर्वत, साउन २८ - पर्वत
जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै मोदीखोलामा रहेको जीर्ण पुल मर्मत
गरिएको छ । फलेक खसेर यात्रा रोकिएको ६ वर्षपछि झोलुङ्गे पुल मर्मत भएको हो
। सदरमुकाम कुश्मा सहित १० गाविस र स्याङ्जाका केही गाविसका बासिन्दाले
शवयात्राका लागि प्रयोग गर्ने झोलुङ्गे पुल लामो समयसम्म मर्मत नहुँदा
समस्या भएको थियो ।
जिल्ला विकास समितिले गतवर्षको झोलुङ्गे
पुल मर्मत कार्यक्रमको तीन लाख २० हजार रुपैया“को लागतमा फलेक र नया“ जाली
फेरिएको हो । पुलमा रहेका पुराना काठका फलेक कुहिएर खसेपछि २०६६ सालयता
स्थानीयहरुले त्यस पुलबाट यात्रा गर्न छोडेका थिए ।
मुडिकुवा, शंकरपोखरी, खौला, ठुलीपोखरी,
आर्थर, थापाठाना लगायत दश गाविसबासीले मृतकको दाहसंस्कारका लागि मोदीबेनी
आउने पुलको यात्रा रोकि“दा यात्रीहरु कुश्मा हुँदै एक घण्टा लामो घुमाउरो
यात्रा गर्न बाध्य थिए ।
‘पुलका फलेक कुहिएको लामो समयसम्म हामीले
मर्मतका लागि जिविसमा भन्यौं,’ स्थानीय हरिदास बैरागीले भन्नुभयो, ‘जिविस
धाउन थालेकाे पाँच वर्षपछि मर्मत भयो ।’
जीर्ण पुलमा खच्चर तार्ने क्रममा केहि
वर्षअघि चारओटा खच्चर सामान सहित मोदीखोलामा खसेका थिए । त्यसयता कुनै
मानवीय दुर्घटना नभए पनि यात्रा निकै जोखिमपूर्ण थियो ।
Post a Comment