बेल्जियम, साउन २८ - बेल्जियमको ब्रुजमा रहेको नेपालीहरुको  संस्था एभरेष्ट नेपाली समाजले कास्कीका पहिरो पीडितहरुलाई पनि ३ लाख १० हजार रुपैंया भन्दा धेरै सहयोग गरेको छ । संस्थाले नेपाल पत्रकार महासंघ कास्कीमार्फत उक्त सहयोग पीडितलाई हस्तान्तरण गरेको हो ।
  ‘लुम्ले भदौरे र ढिकुर पोखरी गा।बि।सहरुमा मा गएको बाढी(पहिरोले पुर्याएको धनजनको क्षतिको लागि सहयोग गरेका छौं’ सस्थाका अध्यक्ष दुर्गा प्रसाद सुबेदीले उज्यालो अनलाइनसंग भन्नुभयो, ‘जिल्लाको पहिरो पीडितलाई सम्बन्धित गा.बि.स.का राहत बितरण सर्बदलीय समिति मार्फत एभरेष्ट नेपाली समाज ब्रुग्गेको सदस्यहरु मार्फत खाध्यान्न तथा लत्ता कपडा बितरण गरियको  गरिएको छ ।’
संस्थाले विनाशकारी भूकम्बाट क्षतिग्रस्थ भएको बिभिन्न विद्यालयलाई सहयोग गरिसकेको छ  ।

Post a Comment

 
Top