महेन्द्रनगर । नग्न फोटोसुट गराएर पोर्न स्टार बनेकी सन्नी लियोनीलाई नचिन्ने सायदै होलान् तर, नेपालमा पनि त्यस्तो अभ्यास आधुनिक युगका युवतीहरुले गर्न थालेका छन् ।
भर्खरैमात्र नेपालको सबैभन्दा पश्चिम क्षेत्र भारतसँग सीमा जोडिएको कञ्चनपुरमा एक युवतीले पोर्नस्टार सन्नी लियोनी बन्ने अभ्यास गरेकी छिन् । छोटकरीमा भन्दा पोर्नस्टार नै बन्न खोजेको उनको यो नग्न तस्वीरले जनाउँछ । यद्यपी उनी पोर्नस्टार होइनन् तर, यस्तो कार्यले उनलाई पोर्न स्टार बनाउने निश्चित छ ।
हाम्रो समाजले कल्पना नै गर्न नसकेका नग्न फोटोहरु देखाएर अर्चनाले के सन्देश दिन खोजेकी हुन् त्यो त उनलाई थाहा होला तर, हाम्रो समाजमा चाँहि यसले अश्लीलता बाहेक अरु केही दिँदैन् । आफ्ना नग्न फोटाहरु सार्वजनिक गरेर उनले अहिले सबैको ध्यान आफूतिर केन्द्रित गरेकी छिन् ।
तर उनलाई के थाहा यस्ता फोटोहरुले हाम्रो समाज तथा स्वयं उनीलाई कति असर गर्छ भनेर । अरु त अरु उनकै आमाले समेत आफ्नी छोरीलाई हलिउडकी पोर्नस्टार तथा बलिउडकी नायिका सन्नी लियोनीसँग तुलना गरेकी छिन् । जुन कुरा आश्चर्य साथै उदेक लाग्दोछ । तर यहाँका स्थानीय बुद्धिजीवी भने यस्ता नग्न पोष्टहरुले समाजमा अश्लीलता फैलाउने चिन्ता व्यक्त गरेका छन् ।
तस्वीरहरुः फेसबुकबाट

Post a Comment