२५ भदौ, काठमाडौं । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाईमा मध्य तराईमा नृसंस र हंस्रक गतिविधि भइरहेको बताएको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति
निकालेर शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई
यातनादिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने जस्ता ‘मानवीयताको कलंकजन्य’
क्रियाकलाप भएको बताएको छ ।
महोत्तरीको जलेश्वरमा मधेसी मोर्चाबाट
परिचालित हिंस्रक जत्थाले सशस्त्र प्रहरीका असई थमनबहादुर विकमाथि सांघातिक
आक्रमण गरेको गृहले बताएको छ । विहान भएको आक्रमणमा परी घाइते भएका उनलाई
उपचारका लागि जनकपुर ल्याउने क्रममा सोनुखडा भन्ने स्थानमा आन्दोलनकारीले लखेटी लखेटी हत्या गरेका थिए ।
अराजक, उत्तेजक र अपराधिक व्यक्तिहरुले
कर्फ्यू उल्लंघन गरेर घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण गरेको गृह
मन्त्रालयले नाएको छ ।
धनुषामा पनि सुरक्षाकर्मीमाथि फायरिङ भएको
मन्त्रालयले बताएको छ । प्रहरीसँगको झडपमा एक जनाको मृत्यु भएको गृह
मन्त्रालयले बताएको छ ।
Post a Comment