काठमाडौं, साउन २३ – संविधानसभाको बैठक शनिबार बेलुका ६ बजे बस्ने भएको छ । यसअघि दिउँसो तीन बजेका लागि तय भएको बैठक विशेष कारण देखाउँदै आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको भन्दै संविधानसभा सचिवालयले सूचना निकालेको थियोे ।
तर केही मिनेटमै अर्को सूचना निकालेर बैठक शनिबारै बेलुकी ६ बजे डाएिको हो । बैठक आइतबार सारे लगतै विभिन्न दलका नेताले गरेको विरोध  तथा प्रमुख दलका शीर्ष नेताले पनि आफूहरु सहमति नजिक पुगेको बताएपछि फेरि शनिबार बेलुका लागि नै बोलाइएको संविधानसभाका सहप्रवक्ता सुदर्शन कुँइकेले जानकारी दिनुभएको छ ।
यसअघि शुक्रबार बेलुका पाँच बजे बस्ने भनिएको बैठक शनिबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको थियो । दलहरुबीच संविधानका मुख्य विवादित विषयमा कुरा मिल्न नसक्दा संविधानसभाको बैठक प्रभावित हुँदै आएको छ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले नागरिकका सुझाव समेट्ने बारेको प्रतिवेदन संविधानसभालाई अझै बुझाउन सकेको छैन । सहमति जुटाउन दलहरु शनिबार पनि बिहानैदेखि छलफलमा जुटेका छन् ।

Post a Comment

 
Top