काठमाडौं, साउन २३ चेल्सीका प्रशिक्षक जोसे मोरिन्होले क्लवसँग ४ वर्षका लागि सम्झौता नवीकरण गरेका छन् । यो नयाँ सम्झौतापछि ५२ वर्षका मोरिन्हो सन् २०१९ सम्म चेल्सीको प्रशिक्षक रहने पक्का भएको छ । 
यसअघि सन् २००४ देखि २००७ सम्म ३ वर्ष चेल्सीका प्रशिक्षक रहेका मोरिन्हो सन् २०१३ मा चेल्सी फर्किएका थिए । उनको सम्झौता आउँदो वर्षसम्मका लागि भएपनि चेल्सीले त्यसअघि नै उनीसँग थप ४ वर्षको सम्झौता गरेको हो । मोरिन्होकै प्रशिक्षणमा चेल्सीले गत सिजन प्रिमियर लिग र क्यापिटल वान कपको उपाधि जितेको थियो । 
सम्झौतापछि मोरिन्होले चेल्सीमा लामो समय बस्न पाउने भएकाले आफूलाई खुुसी लागेको बताए  । ‘यो मलाई मन पर्ने क्लव हो ।’ उनले भने ‘मन पर्ने क्लवमा लामो समय काम गर्न पाउँदा मलाई औधी खुसी लागेको छ ।’

Post a Comment

 
Top