मिडिया एनपी, काठमाडौं, ३० साउन । संविधान निर्माण कार्य अन्तिम चरण पुगेको बताइएका बेला राजनीतिक दलका नेता तथा सरकारका मन्त्रीहरु अहोरात्र खट्नु पर्ने अवस्था छ । भोक, प्यास र थकानबाट उनीहरु गलेका पनि हुन सक्छन् । गर्मीको मौसमले पनि उनीहरुलाई सताएको हुन सक्छ । त्यसैले होला नेता तथा मन्त्रीहरु दिउँसै कार्यक्रमस्थलमै निदाउन थालेका छन् ।
यस्तै भएको छ शनिबार । ललितपुरको शंखु–८ स्थित कालीदेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रम चलिरहँदा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल निदाएका हुन् । भवन उद्घाटन कार्यक्रमलाई सभासद् उदयशमशेर राणाले सम्बोधन गरिरहेका बेला सँगै रहेका मन्त्री रिजाल भने शीर झुकाउँदै निदाएका हुन् । 
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला

Post a Comment

 
Top