पर्वत , साउन ५ - गाउँमाथि बाट पहिरो झर्न थालेपछि पर्वतको देउराली गाविस जयले बस्ती जोखिममा परेको छ । माथिबाट निरन्तर पहिरो बग्ने क्रम बढेपछि देउराली गाबिस –६ जयलेका १८ घर जोखिममा परेका हुन । 
गत बर्ष गएको सानो पहिरो, भूकम्प र निरन्तरको वर्षा पछि बढ्न थालेको छ । असार ३१ र साउन १ गते पहिरो बढेपछि  ४ घर विस्थापित भएका छन भने अन्य परिवार पनि जुनसुकै बेला पनि पहिरो आउने डरले जोखिम मोलेर बसिरहेका छन् ।
 गाउँमा पहिलेदेखि नै गएको पहिरो भूकम्पका कारण जमिन हल्लिएपछि र बर्षा बढेपछि ठुलो हुँदै गएको छ । गाउँ माथिको डाँडो नै पहिरोको रुपमा झर्न सक्ने चिन्ता रहेको एकनाथ शर्माले बताउनुभयो ।
‘अब घरमा बस्न सक्ने अवस्था छैन’ देउरालीस्थित हिमालय माविका प्रधानाध्यापक समेत रहनुभएका शर्माले भन्नुभयो ‘पहिरो रोक्ने वा बैकल्पिक आवासको ब्यवस्था गर्नुपर्छ ।’ जिल्ला प्रशासन र प्रहरीलाई पहिरोको जोखिमका बारेमा जानकारी गराएपनि स्थगलत रुपमा हेर्ने बाहेक अन्य काम नभएको शर्माले बताउनुभयो ।
‘पहिरो रोकथामको कुनै उपाय नगर्ने हो भने मानवीय र भौतिक क्षति हुने खतरा रहेको छ’ उहाँले भन्नुभयो ‘बस्ती नै जोखिमा परेकाले अझै ठुलो समस्या सृजना हुन सक्छ ।’

Post a Comment

 
Top