काठमाडौं, साउन २ – मुस्लिम समुदायको महान पर्व इदुल फित्र अर्थात इद पर्व शनिबारदेखि सुरु भएको छ । एक महिने रमादान पर्व रोजा व्रत शुक्रबार सकिएपछि उल्लासका साथ तीन दिन इद मनाइन्छ ।

चन्द्रमा शुक्रबार नै देखिएकाले एक महिने व्रत पनि समापन भएको केन्द्रीय हज समितिका अध्यक्ष ताज मोहम्मद मियाले उज्यालोलाई जानकारी दिनुभयो । व्रत पूरा गरेको भोलिपल्ट इद मनाइन्छ ।
तीन दिनसम्म मनाइने भएपनि शनिबार र आइतबार विशेष रुपमा इदको उल्लास रहने मियाले जानकारी दिनुभयो । इदको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

Post a Comment

 
Top