साउन ३० – उत्तर कोरिया नयाँ समय केन्द्रमा प्रवेश गरेको छ । शुक्रबार राति जापानको उपनिवेशबाट मुक्त भएको दिनको सम्झना गर्दै उत्तर कोरिया नयाँ समय केन्द्रमा प्रवेशगरेको हो । उत्तर कोरियाको समय अब यसअघिको भन्दा ३० मिनेट पछि भएको छ । शुक्रबार राति राजधानी प्योङयाङमा घण्टी बजेपछि नयाँ समय केन्द्र लागु भएको हो ।
उत्तर कोरियाले अगस्ट ७ मा आफ्नो देशको समय परिवर्तन गर्ने निर्णय गरेको थियो । दोस्रो विश्व युद्धपछि उत्तर कोरियामा जापानको समय अबलम्बन गरिएको थियो । समयमा जापानमाथिको निर्भरता अन्त्य गर्दै स्वतन्त्रताका लागि नयाँ समय केन्द्रमा प्रवेश गर्ने निर्णय गरिएको उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । दोस्रो विश्वयुद्धपछि उत्तर कोरियामा अहिले दक्षिण कोरिया र जापानमा प्रचलन रहेको समय चक्र नै प्रयोगमा छ । जुन ग्रिनविच मिन टाइम (जिएमटी) भन्दा ९ घण्टा अघि छ । उत्तर कोरियामा लागु भएको नयाँ समय केन्द्र जिएमटी भन्दा साढे ८ घण्टा अघि छ ।
जापानले कोरियालाई आफ्नो अधिनमा लिएपछि त्यहाँको समय पनि परिवर्तन गरेर जापानमा प्रचलित समय लागु गरेको थियो । सन् १९१० मा जापानले कोरियालाई आफ्नो अधिनमा लिनुअघिसम्म त्यहाँको समय जिएमटी भन्दा साढे ८ घण्टा अघि थियो ।

– एजेन्सीको सहयोगमा

Post a Comment

 
Top