डोटी, साउन ३० - सेती प्राबिधिक शिक्षालय दिपायलमा अनमी छात्रवृत्तिको परीक्षा दिन आएकी एक युवतीमाथि बलात्कारको प्रयास भएको छ । 
बझाङबाट आफ्ना बाबुसँगै दिपायल आउने क्रममा दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्सका चालक रामबहादुर खड्काले बलत्कारको प्रयास गरेको भन्दै पीडित १९ वर्षे युवतीले प्रहरीमा उजुरी गरेकी छिन् । बाबुछोरी बझाङबाट डडेल्धुराको स्याउलेसम्म बस चढेर आएका  थिए । स्याउलेमा राती १२ बजे आइपुगेका बाबु छोरीलाई बस स्याउलेमै रोकिने भएपछि प्रहरीले दिपायल जाँदै गरेको एम्बुलेन्समा दिपायल पठाएका थिए । 
बिच बाटोमा पुगेपछि एम्बुलेन्स बिग्रेको भन्दै बाबुलाई बाहिर निस्केर हेर्न चालक खड्काले आग्रह गरेका थिए । ‘म बाहिर निस्कने बित्तिकै ढोका बन्द गरेर एम्बुलेन्स कुदायो ।’ युवतीका बाबुले भने ‘म ओर्लिने वित्तिकै एम्बुलेन्स कुदायो ।’
बाबुलाई बाहिर निकालेर युवतीलाई एम्बुलेन्समा थुनेर चालक खड्काले केहि अघि पुगेर एम्बुलेन्स रोक बलात्कारको प्रयास गरेका थिए । ‘२० मिनेट जति ऊसँग मेरो लडाई भयो ।’ युवतीले रुँदै भन्नि ‘उसलाई लातले हानेर म ढोका खोलेर भाग्न सकें ।’
सडकमा खाली खुट्टा दौडिँदा पनि उसले पछ्याइरहेको तर भेट्न नसकेको युवतीको भनाई छ । आधा घन्टा कुदेपछि बाबुसँग भेट भएको र आफू जोगिएको युवतीले बताईन् ।  बिहान दिपायली आएकी युवतीले ८ बजेदेख सुरु भएको परीक्षा सकेपछि प्रहरीमा गएर उजुरी दिएकी हुन् । 
बलात्कार गर्न खोजेको आरोप लागेका चालक खड्का भने नगपालिकामा एम्बुलेन्स राखेर राती नै फरार भएका छन् ।  ‘चालकले राती नै एम्बुलेन्स राखेर साँचो छाडेर गएको रहेछ ।’ नगरपालिकाका सामाजिक बिकास अधिकृत रमेश जोशीले जोशीले भन्नुभयो ‘अहिले पो यस्तो कुरा सुनियो ।’

Post a Comment

 
Top