काठमाडौँ, १५ भदौ । समाजमा धर्म परिवर्तन गराउने कार्यले तिव्रता पाएको छ । विशेष गरी इसाईहरुले धर्म परिवर्तनमा व्यापकता दिइरहेका छन् ।

पछिल्लो समय गैरकानुनीरुपमा चोकदेखि गल्ली, गाउँमा धर्म परिवर्तन गराउने गिरोह सक्रिय छ । गत बुधबार बालाजु चोकमा धर्म परिवर्तन गराउने हिँडेकी धादिङकी सीता शर्मा (नाम परिवर्तन)ले भनिन्, ‘मासिक ७२ सय रुपैयाँ आउँछ । एउटा नयाँ मान्छे लगेबापत ९ हजार आउँछ । दश जना सदस्य बनाउन सक्यो भने त एक लाखै आइहाल्छ ।’ उनले अझ अगाडि भनिन्, ‘यो धर्ममा स्वतन्त्रता पनि छ, चर्चमा गएपछि आत्मीयता छ । जातपात, उच्चनिच भन्ने केही छैन, सबै एकनास छन् ।’

सीताजस्ता सयौँ महिला अहिले देशभर धर्म परिवर्तन र आर्थिक अवस्था सुधार गर्ने मेसोमा लागेका छन् । चर्चले विशेष नियम बनाएको हुन्छ, त्यहीअनुसार धर्म परिवर्तन गराइन्छ । काठमाडौँ मनमैँजु घर भएकी महर्जन थरकी महिलाले भनिन्, ‘प्रभुबाट मुक्ति हुन्छ । स्वर्गमा बास हुन्छ भनेर आम मानिसलाई बताउँछौँ । पर्चा, पम्प्लेट, किताब दिन्छौँ । बाइबलसमेत निशुल्क पढ्न दिन्छौँ । जब उहाँहरुलाई चर्चमा लगिन्छ । तब मात्र कसम खुवाएर सैतानहरुको धर्मबाट स्वर्गको बाटोमा प्रेरित गराउँछौ । चर्च पुगेपछि त्यहाँ माया, ममता, सहयोग, आत्मीयता सबै हुन्छ । फूल पुगेको माहुरीजस्तै हुन्छन् मान्छेहरु ।’

बालाजु चोकमा सीता शर्मा र महर्जन थरकी ती महिलाले पर्चा बाँड्न थालेको पनि एकवर्ष भइसक्यो । उनीहरु स्वयम्भूसम्म पनि पुग्छन् । यसरी काठमाडौँमा हप्ताको ४ दिन पर्चा बाँड्ने महिलालाई चर्च राम्रै पारिश्रमिक दिइरहेका उनीहरु बताउँछन् । ‘डाहाडे बाहुन धर्ममा बाँडेर खाने चलन छैन, यहाँ त सुःख छ बाबु,’ महर्जन थरकी महिलाले ‘प्रहरी धरहरा’ भन्ने पुस्तक दिँदै भनिन् । तर क्वानोनिया बालाजु चर्चका पास्टर हरि प्रधान आफूहरुले पैसा नबाँडेको जिकिर गर्छन् । भन्छन्, ‘हामी आपसमा सहयोगचाहिँ गर्छौँ । तर पैसा बाँडेर धर्म परिवर्तन गराउने कुरा सरासर झुटको खेती हो ।’

चाहे रत्नपार्क जानुस् या चाबहिल वा नयाँबसपार्क नै किन नजानुस् । त्यहाँ डायरी र कलम लिएर बाटो छेक्ने युवायुवतीलाई तपाइँहरुले भेट्नु भएकै होला । उनीहरु अरु कोही नभएर परिवार दलका अध्यक्ष एकनाथ ढकालद्वारा परिचालित व्यक्ति हुन् । बौद्धतिर कार्यालय रहेको बताउने यी बेरोजगार युवायुवतीलाई केही हजार दिएर यसरी जनतालाई दुःख दिइरहेको अवस्था छ । नमस्कार, यता, सुन्नुस त भन्दै ती युवायुवतीले सर्वसाधनरणमाथि खुलेआम ठगी गरिरहेको खबर व्यक्त जनविचार साप्ताहिकले लेखेको छ ।

Post a Comment

 
Top