म्याग्दी, भदौ १७ - म्याग्दीको शिख गाविस वडा नम्वर ९ को गिबाङमा दुई दिदीबहिनीको शव फेला परेको छ । ४३ वर्षीया भीममाया तिलिजा र उहाँकी बहिनी देशमायाको शव हिजो उनीहरु बस्दै आएको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सुस्त मनस्थिति भएका उनीहरुको शव घरको छुट्टाछुट्टै कोठामा भेटिएको र घटनाबारे अनुसन्धान भैरहेको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले बताउनुभयो ।

Post a Comment

 
Top