काठमाडौं, भदौ १७ – नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी हुनुभएको छ । बिहीबार बिहान भएको चुनावमा उहाँले १७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ९ मत पाउनुभयो ।

त्यस्तै महासचिवमा लामा टेण्डी शेर्पा विजयी हुनुभएको छ । उहाँले पनि १७ मत पाउनुभयो भने अर्का उम्मेद्वार छिमी उर्गेन गुरुङ्गले ८ तथा दिपराज गुरुङ्गले १ मत पाउनुभयो । अरु पदका लागि भने अहिले मतगणना भैरहेको छ ।
लामो विवादपछि एक भएको ओलम्पिक कमिटीमा पदाधिकारी चयन गर्न पहिलो पटक चुनाव भएको हो ।

Post a Comment

 
Top