काठमाडौं, भदौ ३१– उन्नाइस वर्षमुनिको साफ च्यापियनसिप फुटबलको उपाधि जित्ने नेपाली टोलीलाई वल्र्डलिंक कम्युनिकेसनले सम्मान गरेको छ । वल्र्डलिंक कम्युनिकेसनले एक कार्यक्रम गरि विजेता खेलाडीहरुलाई निःशुल्क इन्टरनेट सुबिधा उपलब्ध गराएर सम्मान गरेको हो । 

कार्यक्रममा वल्र्डलिंक कम्युनिकेसनका कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल तथा विजयकुमार जालानले सम्पूर्ण खेलाडीलाई बधाई तथा धन्यवाद  दिँदै आगामी सफलताका लागि शुभकामना दिनुभयो । 
कार्यक्रममा वल्र्डलिंकले आफ्नो २० औं वर्ष प्रवेशको अवसरमा जिपन फाइवरको माध्यमबाट उच्च गतिको भरपर्दाे र सस्तो इन्टरनेट सेवा सुरु गरेको जानकारी पनि दिएको छ ।
वार्षिक उत्सवकै अवसर पारेर वल्र्डलिंकले पाटन दरबार स्क्वायरमा पर्यटकको सुविधाका लागि निःशुल्क वाईफाई सेवा समेत सुरु गरेको छ । 

Post a Comment

 
Top