जनकपुर, भदौ १८ – जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारी कार्यालय क्षेत्रमा जारी गरेको अनिश्चितकालिन निषेधाज्ञा शुक्रबार दिउँसोबाट फिर्ता लिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाको आन्दोलन उग्रबन्दै गएपछि सरकारी कार्यालय असुरक्षित भएको भन्दै स्थानीय प्रशासनले बुधबार दिउँसो १२ बजेदेखि सरकारी कार्यालय क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो ।
आन्दोलन जारी रहेपनि शनिबार पर्ने कृष्णजन्माष्टमी पर्व नागरिकले सजिलोसँग मनाउन पाउन् भन्ने उदेश्यले निशेधाज्ञा फिर्ता लिइएको प्रशासनले जनाएको छ । शुक्रबार दिउँसो १ बजेदेखि निषेधाज्ञा फिर्ता लिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठको निषेधाज्ञा फिर्ता लिने निर्णय गरेको उहाँले बताउनुभयो ।

Post a Comment

 
Top