काठमाडौं, भदौ १८ – नेपाली कांग्रेसका नेता तथा सभासद शेखर कोइरालाले पार्टी निर्देशन विपरीत संविधानको विधेयकमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।
नेपाली कांग्रेसले व्यक्तिगत रुपमा संशोधन दर्ता नगर्न र गर्नुपर्ने भएपनि प्रमुख सचेतकमार्फत दर्ता गर्न पार्टीका सभासदलाई भनेपनि सभासद शेखर कोइरालाले पार्टीको निर्देशन विपरीत व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता गर्नुभएको हो ।
कोइरालाले मस्यौदामा रहेका १२ वटा बुँदामा संशोधन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । उपराष्ट्रपति आवश्यक नरहेको भन्दै उहाँले उपराष्ट्रपतिको व्यवस्था हटाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । संशोधन दर्ताका लागि संविधानसभाले दिएको सात दिनको समय शनिबार सकिँदैछ । 
संविधानको मस्यौदमाथि अहिलेसम्म १५ वटा संशोधन प्रस्ताव परेका छन् । सभासद कोइरालासहित, प्रेमबहादुर सिंह, दीपक बोहरा, शिबलाल थापा र शिव कुमारी, रामकुमार राई, यशोदा कुमारी लामा, कमल थापा, लक्ष्मण राजबंशी, चित्रबहादुर केसी, मिना पुन, दुर्गा पौडेल भक्तबहादुर बिक, परशुराम तामाङ, इस्तियाक अहमद खान, आनन्दी पन्तले संशोधन प्रस्ताव दर्ता गरेको सचिवालयले जनाएको छ ।

Post a Comment

 
Top