काठमाडौं, भदौ १८ – नेपाली कांग्रेसका
नेता तथा सभासद शेखर कोइरालाले पार्टी निर्देशन विपरीत संविधानको विधेयकमा
संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।
नेपाली कांग्रेसले व्यक्तिगत रुपमा संशोधन
दर्ता नगर्न र गर्नुपर्ने भएपनि प्रमुख सचेतकमार्फत दर्ता गर्न पार्टीका
सभासदलाई भनेपनि सभासद शेखर कोइरालाले पार्टीको निर्देशन विपरीत व्यक्तिगत
रुपमा संशोधन प्रस्ताव दर्ता गर्नुभएको हो ।
कोइरालाले मस्यौदामा रहेका १२ वटा बुँदामा
संशोधन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । उपराष्ट्रपति आवश्यक नरहेको
भन्दै उहाँले उपराष्ट्रपतिको व्यवस्था हटाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । संशोधन दर्ताका लागि संविधानसभाले दिएको सात दिनको समय शनिबार सकिँदैछ ।

Post a Comment