नेपालगञ्ज, भदौ १८ - नेपाल प्रहरीले बर्दियामा प्रदर्शनकारीले लुकेर प्रहरीमाथि गोली चलाएको दावी गरेको छ  । बिहान ज्यान गुमाउने प्रहरी हवल्दार देवबहादुर पाण्डेलाई प्रदर्शनकारीले नै गोली हानेको प्रहरीको दावी छ । मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी केशव अधिकारीले मकैबारीमा लुकेका आन्दोलनकारीले हानेको दावी गर्दै भन्नुभयो ‘प्रदर्शनकारीले हानेको गोलीले हवल्दार पाण्डेको बायाँबाट दायाँ तिघ्रा छेडेको छ ।’
गोली हानेको आशंकामा ३ जना पक्राउ परेका उहाँले जानकारी दिनुभयो ।  पक्राउ पर्नेमा मैनापोखर–८ बस्ने नरेश थारु, ५५ बर्षीय राम हरथ थारु र १९ बर्षीय अविनाश थारु छन् ।
वर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुवरले यसअघि नै हवल्दार पाण्डेको तिघ्रामा गोली लागेको पाईएको बताउनुभएको थियो ।
पूर्वबाट छुटेका रात्री बसलाई सुरक्षा दिएर बर्दिया सदरमुकाम गुलरिया लैजाने क्रममा मैनापोखरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परेर घाइते भएका हवल्दार पाण्डेको  उपचारका क्रममा नेपालजञ्ज मेडिकल कलेजमा ज्यान गएको थियो ।

Post a Comment

 
Top