भक्तपुर, भदौ १८ - गाईजात्राको भोलिपल्ट अर्थात भाद्र द्वितीयादेखि पञ्चमीसम्म भक्तपुरको मध्यपुर थिमिस्थित बोडेमा मनाइने १९ देवगण सहितको प्रसिद्ध नीलबाराही नाच गएराती सकिएको छ ।
भैरव १, बाराही ४, कुमारी ४, सिंह ४, द्वारपाल २ र गणेश ४ देवगण रहने यो नाच गएराती सम्पन्न भएको स्थानीय दीलकृष्ण प्रजापतीले जानकारी दिनुभयो । तान्त्रिक बिधि अनुसार थिमिको बोडेमा तीन दिन, चार रातसम्म मनाइने नाच परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास छ ।
जात्रा अबधिभर देवगणलाई टोलटोलमा पूजा गर्नेको घुईचो लाग्ने गर्दछ । यसैगरी थिमीमै चाररातसम्म लगातार मनाईने भैल: अर्थात भैरव नाच पनि गएरातीदेखि सकिएको छ । मध्यपुरथिमिमा ४५ वर्षपछिसुरु भएको लायकू भैरब नाच भने आज बिहान सकिएको हो ।

Post a Comment

 
Top