वर्दिया, भदौ १८ -  वर्दियामा प्रदर्शनकारीसँगको झडपमा घाइते भएका प्रहरी हवल्दारको ज्यान गएको छ । पूर्वबाट छुटेका रात्री बसलाई स्कटिङ गरेर बर्दियाको सदरमुकाम गुलरिया लैजाने क्रममा थरुहट आन्दोलनकारीले प्रहरीलाई ढुंगा प्रहार गर्दा घाइते भएका प्रहरी हवल्दार देवबहादुर पाण्डेको उपचारको क्रममा नेपालजञ्ज मेडिकल कलेजमा ज्यान गएको प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।
आन्दोलनकारीले ढुंगा हानेपछि केहीबेर झडप भएको थियो । त्यस क्रममा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो । प्रहरीको लाठी प्रहारबाट एकजना घाईते भएका छन् । रात्री बसलाई स्कटीङ गरी प्रहरीले सदरमुकाम ल्याईसकेको छ । अहिले स्थिति नियन्त्रण आइसकेपनि थप अवस्था बुझ्न सशस्त्र र नेपाल प्रहरीका प्रमुखलाई मैनापोखर पठाईएको प्रमुख जिल्ला अधिकारी कुँवरले बताउनुभयो । 
http://ujyaaloonline.com/

Post a Comment

 
Top