बुटवल, साउन ४ – नेकपा एमालेका उपमहासचिब विष्णु पौडेलले गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका विरुद्धमा आउने सुझावलाई संविधान सभाले ग्रहण नगर्ने बताउनु भएको छ ।
बुटवलमा सोमबार भएको पत्रकार सम्मेलनमा उहाँले गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको बिरुद्धमा नागरिकले सुझाव दिन पाउने अधिकार रहेपनि त्यसलाई संविधान सभाले भने ग्रहण नगर्ने र नयाँ संविधानमा पनि नसमेटने बताउनुभएको हो ।
‘संविधान सभाले संविधान मार्फत गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई संस्थागत गर्ने हो, संशोधन होइन ।’ उहाँले भन्नुभयो । संविधान सभाको दोश्रो चुनाव नै जनमत संग्रह भएको बताउदै उहाँले यी मुद्दालाई जनमत संग्रहमा लैजाने कुनै संभावना नरहेको स्पष्ट पार्नुभयो ।
संविधान जारी गर्नुअघि सिमाङ्कनको टुङ्गो लाग्न सक्ने संभावना जीवितै रहेको भन्दै पौडेलले सिमाङ्कन नभएकै आधारमा संविधान जारी गर्न भने नरोकिने बताउनुभयो ।

Post a Comment

 
Top