नुवाकोट, साउन ४ – परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पूर्वप्रधानमन्त्री तथा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कुटनीतिक मर्यादा विपरित भारतको भ्रमण गरेको आरोप लगाउनुभएको छ । 
सोमबार विदुरमा प्रेस चौतारीको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पाण्डेले देशको विशिष्ट व्यक्तिले कुटनीतिक मर्यादा अनुसार नहुदा देशकै गरिमा खस्कने भएकाले तेस्तो मर्यादा अपनाउन दाहाल चुकेको बताउनुभयो ।
‘देशको उच्च पदमा पुगिसकेको व्यक्ति, देशको नीतिगत रुपमा प्रभावपार्न सक्ने व्यक्तिले विदेश भ्रमण गर्दा परराष्ट्रको कुटनीतिक मर्यादा पालना गर्नु पर्छ ।’ मन्त्री पाण्डेले भन्नुभयो ‘दाहालले भ्रमण गर्नु भएको बाहिरबाहिर सुनेको छु । तर, कस्तो भ्रमण, को कोसँग भेट गर्नु भयो यसको जानकारी परराष्ट्र मन्त्रालयलाई छैन’
मन्त्री पाण्डेले साउन महिनाभित्र नयाँ संविधान जारी हुने बताउनुभयो । उहाँले नयां संविधानको मस्यौदा जनताको हात हातमा आइसकेको र यसले मान्यता पाइसकेको कारण संसविधान जारी हुने कार्य अव देशमा कुनै पनि हालतमा नरोकिने बताउनुभयो । 
‘देशमा अग्रगामी परिवर्तन तथा १६ वुंदे सहमति भांड्न खोज्ने र देशलाई वन्धक वनाएर अनिर्णयको बन्दी वनाउन खोज्नेहरुले संविधानको मस्यौदा जलाउंदैमा संविधान निर्माणको कार्य रोकिदैन’ मन्त्री पाण्डेले भन्नुभयो ‘अब प्रक्रियावाटै एक महिनामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आउँछ ।’ मन्त्री पाण्डेले सवै जात, धर्म, भाषभाषी, हिमाल, पहाड, तराई सम्मिलित गरेर समान अधिकार समेटेको संविधान लेखिने बताउनुभयो । 

Post a Comment

 
Top